गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
मकालु खबर
२०७७ साउन ६ गते
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ । आज (मंगलबार) थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार ३२९ पुगेको हो ।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा म्याग्दीका ३ जना, बागलुङका ३ जना र स्याङ्जाका ३ जना रहेका छन् । संक्रमितहरू २३ देखि ५८ वर्ष उमेर समूहका छन् । गण्डकी प्रदेशमा संक्रमितमध्ये एक हजार २० जना संक्रमणमुक्त भइसकेका छन् ।
मकालु खबर
२०७७ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित