कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी

काठमाडौं । कर्मचारी सञ्चयकोष र एनआइसी एशियाबीच समझदारी भएको छ । कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको हो ।

उक्त समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषका मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीलाई सुविधाको निमित्त उनीहरुले उपभोग गरेको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको छ ।

डिजिटल बैंकिङ्ग सेवामा अग्रणी स्थानमा रहिआएको यस बैंकले डिजिटल फस्र्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी जस्तो नवीनतम सुविधा ल्याएको छ । यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीले नेपाल क्लियरिङ्ग हाउस लि. पोर्टल (https://login.connectips.com/) मा लग इन गरेपश्चात् गभर्नमेन्ट पेमेन्टमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्ने बताइएको छ ।

नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्नुपर्ने वर्तमान अवस्थालाई नयाँ व्यवस्था अनुसार घर तथा अफिसबाटै विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *