भदौ १ देखि लामो दुरीका सवारीसाधन चल्न दिइने
मकालु खबर
२०७७ साउन ६ गते
काठमाडौं । सरकारले भदौ १ गतेदेखि लामो र छोटो दुरीका निजी र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन चल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार यातायात मन्त्रालयले तोके बमोजिम स्वास्थ्य सेवाको मापदण्ड व्यवसायीले पुरा गर्नुपर्नेछ ।
यस्तै भदौबाट नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान संचालन र अन्तर्राष्ट्रिय खेलको तयारी र प्रशिक्षणका लागि मन्त्रिपरिषद्ले स्वीकृती दिएको छ । भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न पनि सरकारले विद्यालयलाई छुट दिएको छ ।
शैक्षिक संस्था, प्रदर्शनी, भेला, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिक स्थल भने बन्द रहनेछन् ।
मकालु खबर
२०७७ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित