त्रिविका क्याम्पस खुले, भदौ दोस्रो साताबाट परीक्षा !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु आजबाट खुल्ने भएका छन् । सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले एक सूचना जारी गर्दै आजदेखि त्रिविअन्तर्गतका सबै क्याम्पस खुल्ने जानकारी दिएका हुन् ।

साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक-कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने जारी सूचनामा उल्लेख छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय भने सन्चालन हुने छैन ।सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सन्चालन गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार त्रिविले भदौ दोस्रो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ । अबको १-२ दिनमै परीक्षा सञ्चालनका लागि कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको छ ।

सम्भव भएसम्म परम्परागत र नभए अन्य विधि प्रयोग गरेर पनि परीक्षा लिने त्रिविको तयारी छ । विज्ञहरुले पनि लकडाउनको कारण प्रभावित बनेका र नियमित हुनुपर्ने परीक्षा सञ्चालन गर्न त्रिविलाई सुझाव दिएका छन् । आन्तरिक मूल्यांकन, सामाजिक दुरी कायम गरेर परम्परागत विधि, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा गर्न सकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *