नायिकाहरु नबुझी प्याच्च बोल्छन्, त्यसैले विवादमा आइरहन्छन्ः शाेभित बस्नेत
काठमाडौं । लकडाउनका कारण विश्वभरकाे जनजीवन प्रभावित बन्याे । उद्योग/व्यवसाय चौपट भए । अहिले लकडाउन केही खुलेकाे अवस्था छ । यातायातहरू सुचारू हुन थालेका छन् । केही व्यवसायहरू सञ्चालनका लागि पनि सरकारले छुट दिएकाे अवस्था छ । तर मनोरञ्जन क्षेत्र भने अझै केही समय थलिने देखिएकाे छ ।
व्यवसायहरू सञ्चालनका लागि सरकारले छुट दिएपनि भेला, जमघट, भीडभाड हुन छुट नदिएका कारण हलहरू अझै केही समय बन्द रहनेछन् । जसकारण निर्माण भइसकेका चलचित्र समेत रिलिज हुन सकेकाे छैन भने निर्माणकाे काम पनि ठप्प जस्तै भएकाे छ । यस्ताे अवस्थामा चलचित्र क्षेत्रमा परेकाे प्रभाव, असरबारे चलचित्र निर्देशक शोभित बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंशः
लकडाउनमा शोभित
लकडाउनले गर्दा जनजीवन उथलपुथल भयो । काम धन्दा चौपट भए । म भने स्टुडियाे बनाउनतिर व्यस्त भएँ । आफ्नै घरमा एक करोड भन्दा माथिको सुविधा सम्पन्न स्टुडियो बनाएँ । त्यसको काम पनि लगभग सकियो । सिरियल, भिडियोहरुको सुटिङ्ग पनि गर्न थालिसकेँ । अब ठूलो पर्दा फिल्मको लागि भने १५/२० दिनको काम बाँकी छ ।
किन विवादित बनिरहेछन् कलाकार ?
लकडाउनको समय सबै घरैमा छाैँ । यो एउटा फ्रस्ट्रेसनले गर्दा हो कि जस्तो लाग्छ । कहीँकतै अन्तर्वार्ता दियो अथवा लाइभ आएर बोल्यो । त्यहीँ बोलको एउटा सानो कुराको चर्चा हुन्छ । जानीजानी विवादमा कोही पनि आएको छैन तर विवादमा परिएको हो कि जस्तो लागेको छ मलाई । अर्काे कुरा नायकहरु भन्दा नायिकाहरु धेरै विवादमा किन आउँछन् भने बोल्ने बेलामा उनीहरू प्याच्च बोलिदिन्छन् । जानेर बुझेर, बोल्दैनन् । त्यसैले उनीहरूकाे बाेलि नै पनि विवादमा तानिन्छ ।
जस्तो दीपाश्रीको कुरा गर्नुपर्दा जसले पनि आफ्नो कुरा राख्न पाउनुपर्छ । उहाँले पनि आफूलाई लागेको कुरा राख्नुभयो । भोलि कसैलाई कोही मन पर्ला, कोही मन नपर्ला अनि मलाई यो मन पर्छ, यो पर्दैन नपाउनु ? दीपाश्रीलाई जुन प्रकारको गालीगलौज गरिएको छ । त्यो राम्रो होइन । ज-जसले गाली गरिराख्नु भएको छ, उहाँहरुले पनि त कतै केही न केही गल्ती गर्नु भएको होला।
भिडियाेः
अनि एउटा महिलालाई त्यसरी गाली गर्दिने ? को मन पर्छ को मन पर्दैन त्यो आफ्नो इच्छा हो । भोलि आएर मलाई कालो मन पर्दैन भन्न नपाउने ? होइन हामी सबैलाई कालो मन पर्छ तैले पनि मन पराउनै पर्छ भन्न मिल्दैन । आफ्नो इच्छा अनुसार जे पनि बोल्न पाउनुपर्छ जस्तो लाग्छ मलाई । त्यसैले दीपाश्रीजीले बोल्नुभयो । त्यो उहाँको व्यक्तिगत कुरा हो । उहाँको व्यक्तिगत कुरामा उहाँलाई गाली गर्नु धेरै नराम्रो हो । गालि पनि यसरी गर्नुभयो कि डिप्रेसनमा नै जाने किसिमले गर्नुभयो । जतिले पनि गालि गर्नु भएको छ, म ग्यारेन्टीका साथ भन्छु उहाँको घरमा राम्रो संस्कार नै छैन । किनकी, राम्रो संस्कार भएको भए गाली गर्ने तरिका पनि हुन्थ्यो । उहाँहरुलाई बाबा-आमाले राम्रो संस्कार सिकाउनु भएको रहेनछ । जसले गर्दा दीपाश्रीलाई छाडा गाली गरे ।
दीपाश्रीकाे ‘महानायक’ अभिव्यक्तिमा दीपक मुछिएकाबारे…
दीपाश्री निराैला जी र दीपकराज गिरी जी सधैँ मिलेर काम गर्नुहुन्छ भने दीपकले बोल्नु राम्रो हो । पूजा, वर्षाको बारेमा बोल्नुपर्ने उहाँको के अधिकार छ ? दीपाजीले ‘महानायक छ र ?’ भनिदिनुभयो । अनि गाली गर्ने मान्छेले तेरो लागि महानायक दीपक हो भन्दै गाली गर्न थाल्नुभयो । यसमा फोकटमा मुछिएको जस्तो लाग्यो । किनकी दीपकजीको केही गल्ती छैन ।
पूजाको ट्रोल
पूजा शिक्षित मान्छे हो । नेपालकाे, अञ्चल सानैदेखि पढिएकाे विषय हाे । उहाँलाई त्यस समय अरूनै कुराकाे प्रेसर थियाे हाेला सायद त्यसैले भुल्नुभयाे । उहाँ अनपढ मान्छे पनि त होइन ।
जस्तो एउटा कुरा केपी ओलीलाई ‘म यस्तो गीत गाउछु २’ को हिरो हिरोइन को हो भनेर सोध्दा उहाँले पक्कै भन्न जान्नुहुन्न । अनि हामीले देश चलाउने मान्छेले पूजा र पललाई नचिन्ने भनेर गाली गर्दिने ? यसले देश चलाउन सक्दैन, यो सच्चा नेता होइन भन्दिने ? हाेइन, उहाँको यो क्षेत्र नभएका कारण याद भएन । उहाँले त्यो कुरालाई नियाल्नु भएन, आफ्नो कामलाई मात्र फोकस गर्नुभयो । पूजाको पनि त्यस्तै भएको हो ।
महानायकबारे शाेभितकाे धारणा
राजेश हमाल महानायक हाेइनन् । सुपरस्टार हुन् । आज पनि राजेश जहाँ जान्छ त्यहाँ मान्छेको भीड लाग्छ ।
महानायक त भुवन केसी हाे । कालजयी फिल्म भुवन केसीले खेलेको छ । रह्याे कुरा सामग्री राज्यलक्ष्मी शाह र भुवनकाे विवाद । यदी साम्राज्ञीलाई अन्याय भएको थियो भने त्यही बेला नै बोल्नुपर्ने थियो । किन अहिले ‘६’ वर्षपछि बोलेको ? जति बेला फिल्म पायो त्यति बेला नबोल्ने, जब फिल्म पाउन छोड्यो अनि चर्चामा आउनका लागि जेपनि बोल्ने ?