भदौँ ७ बाट स्थगित परीक्षा शुरु हुने, क्याम्प आजै देखि खुले

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुलेका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा आएको हो ।

सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिएसँगै विश्वविद्यालयहरुले आफ्नो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको कारणले स्थगित भएको परीक्षा विश्वविद्यालयले भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा पेशल दाहालले जानकारी दिए । स्थगित परीक्षा दशैसम्म सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।

विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको विदा समेत सकिएको छ । अब क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ । क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *