‘याे काेराेना हाेइन, ट्रम्प भाइरस हो’
काठमाडौं । अमेरिकी संसदको तल्लो सदन (प्रतिनिधि सभा) कि वक्ता तथा वरिष्ठ प्रजातान्त्रिक नेत्री न्यान्सी पेलोसीले कोरोना भाइरसलाई ट्रम्प भाइरस भन्दै आलोचना गरेकी छिन् । उनले कोरोना संकट ठिकसँग सम्हाल्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पकाे आलोचना गरेकी हुन् ।
केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मानिसहरुलाई मास्क लगाउन अपिल गर्दै अवस्था अझै खराब हुन सक्ने चेतावनी दिएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिपछि न्यान्सीले यस्तो अभिव्यक्ति दिएकी हुन् ।
सीएनएनसँग कुरा गर्दै न्यान्सीले भनेकी छिन्– ‘राष्ट्रपतिको बयान सुनेर यस्तो लाग्छ कि उनले आफ्नो गल्ती स्वीकार गरे । मास्क लगाएर, मास्क लगाउन अपिल गरेर उनले रोग कुनै अफवाह नभएको स्वीकार गरेका छन् ।’
काेराेना महामारीको जोखिम न्युनिकरणका लागि कुनै कदम नउठाएका कारण पनि स्थिति झन् खराब बन्दै गएको स्पष्ट पार्दै उनले भनिन्, ‘वास्तवमै यो ट्रम्प भाइरस हो ।’