कोरोनाभाइरस खासमा ‘ट्रम्प भाइरस’ हो : न्यान्सी पलोसी

एजेन्सी । अमेरिकी संसदको तल्लो सदनकी प्रवक्ता न्यान्सी पलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भएको बताएकी छिन् ।

उनले यो कुरा महामारी संकटलाई राम्रो तरिकाले सम्हाल्न नसकेका कारण राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै भनेकी बीबीसीले जनाएको छ ।

न्यान्सी पलोसीको यो बयान ट्रम्पको त्यो बयानपछि सार्वजनिक भएको हो, जसमा उनले मानिसहरुलाई फेस मास्क लगाउन अपिल गरेका थिए र स्थिती थप विध्वंशकारी हुनसक्ने चेतावनी दिएका थिए ।

“राष्ट्रपतिको आजको बयान सुनेर यस्तो लाग्छ कि उनले आफ्नो गल्ती स्वीकार गरेका छन् । मास्क लगाएर र मास्क लगाउन सल्लाह दिएर उनले यो रोग कुनै अफवाह नभएको स्वीकार गरेका छन् । यो महामारी नियन्त्रणमा आउनुअघि विध्वंशकारी यसकारण भयो किनभने यसबारे कुनै कदम उठाइएन ।” उनले सीएनएनसँगको कुराकानीमा भनेकी छिन्, ‘वास्तवमा यो स्पष्ट रुपमा ट्रम्प भाइरस हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *