कामना सेवाद्वारा यातायात व्यवसायीलाई श्रावण महिनाको ब्याजमा भारी छुट

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले यातायात व्यवसायीलाई श्रावण महिनाको ब्याजमा भारी छुट दिने भएकाे छ । कामना सेवाबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकलाई विशेष राहत दिने उद्देश्यका साथ बैंकले ब्याजमा भारि छुट दिने योजना ल्याएको हाे ।

उक्त योजना अन्तर्गत यस्ता कर्जा लिएका ग्राहकहरुले २०७७ काे आषाढ मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज २०७७ काे श्रावण २० गतेसम्म भुक्तानी गरेको खण्डमा श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको हाे ।

साथै, आषाढ महिनासम्मको साँवा तथा ब्याज आषाढ महिनाभित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्ने बैंकले जनाएकाे छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत् ग्राहकहरुलाई आफ्नाे सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *