क्रिएशन र कोका–कोलाद्वारा ३ हजार २ सयभन्दा बढी सफाईकर्मीलाई सहयोग

काठमाडौं । क्रिएशनको पहल र द कोका–कोला नेपालको समर्थनमा कोभिड–१९ महामारीमा अग्रपंक्तिमा खटिएका ३ हजार २ सय बढी सफाइकर्मीहरुलाई सहयोग गरेको छ ।

क्रिएशन र कोका–कोला नेपालले संयुक्त पहलमा जेठ २ गतेबाट सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट सुरु गरेको थियो । सोही प्रोजेक्ट अन्तर्गत अन्तिम चरणको वितरण कार्यक्रम सिरहामा सम्पन्न भएकाे छ, जहाँ ३७० सफाईकर्मीलाई गुणस्तरीय राशनको ३०० प्याकेज, औषधी, जागरुकता सामग्री र ग्लभ्स,बुट, पीपीई लगायत सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो ।

राहत वितरणका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता जागरुकता समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रम सो क्षेत्रका स्थानीय सरकारी अधिकारीहरुको उपस्थीतिमा आयोजना गरिएको थियो ।

यसबाहेक, टोलीले भक्तपुर अस्पतालको आइशोलेशन वार्डमा कार्यरत सफाईकर्मीका लागि अस्पताल जागरुकता सत्र आयोजना गरेको छ । उक्त जागरुकता सत्र टोलीका चिकित्सा अधिकारी डा.निमेश खनालको नेतृत्वमा ३० भन्दा सफाईकर्मीहरुलाई प्रदान गरिएको थियो ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट गत हप्ता सम्पन्न भएको हो जसअन्तर्गत सफलतापूर्वक ६४ वटा राहत वितरण कार्यक्रम आयोजना गरिएको छ भने ३२१२ जना सफाईकर्मीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस अवधिमा, हरेक परिवारका ५ जना सदस्यलाई १ महिना सम्मका लागि पुग्ने राशन वितरण गरिएको थियो जहाँ १६ हजार भन्दा बढि लाभान्वित भएका छन् ।

यसका साथै ७७० सुरक्षा सामग्री वितरण गर्नुका साथ जागरुकता कार्यक्रम र चिकित्सा परामर्श प्रदान गरिएको थियो । यस परियोजनाको लक्ष्य कोभिड-१९ महामारी विरुद्ध लड्ने र नेपालभरका ३२०० सफाईकर्मीलाई सकारात्मक लाभ प्रदान गर्ने रहेको थियो । यस परियोजना अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पर्सा, सप्तरी र सिराह जिल्लामा वितरण कार्यक्रम सम्पन्न भइसकेको छ । उक्त टोली हाल अनुगमन र परियोजना कार्यान्वयनको प्रभावहरु र यस परियोजनाबाट कत्ति लाभार्थीहरु लाभान्वित भए भन्ने बुझ्न लागी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *