मिलनको नयाँ चलचित्रमा संगीतकार अर्जुन पोखरेलको ईन्ट्री

काठमाडौँ । चर्चित निर्देशक मिलन चाम्सकाे नयाँ चलचित्रमा चर्चित संगीतकार अर्जुन पोखरेल पनि देखिने भएका छन् ।

मिलनको प्रेमकथामा बन्न लागेको चलचित्रमा अर्जुन फाइनल भएका हुन् । मिलनले भने–‘हामीले अब चलचित्र क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउनुपर्छ । किनकी लकडाउन खुलेपनि चलचित्र क्षेत्र भने खुलेको छैन । अब कोरोना भनेर डराएरै बसेर हुँदैन । त्यसैले, लकडाउन अन्त्य भएको दिन नै मैले अर्जुनलाई फाइनल गरेको हुँ ।’

चर्चित संगीतकार अर्जुन पनि लकडाउन अन्त्य भएकै दिनमा नयाँ चलचित्रमा अनुबन्धित हुन पाउँदा ज्यादै खुशी छन् । ‘चलचित्र क्षेत्रमा अब के हुने हो भनेर अन्यौलता अझै पनि कायमै छ । तर, अब विस्तारै कामको सुरुवात गर्नुपर्छ’, अर्जुनले भने, ‘एउटा हवाइजहाजमा सय जनाले यात्रा गर्दा कोरोना नसर्ने, तर चलचित्र हलमा एक दुई सय दर्शक बसेर चलचित्र हेर्दा कोरोना सर्छ भनेर सोच्नु हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *