शाहरुखले प्लाष्टिकले किन ढाके आफ्नो घर ? यस्तो छ रहस्य

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले आफ्नो घरलाई प्लाष्टिकले ढाकेका छन् । अभिनेता खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले ढाकेपछि त्यसको कारण जान्न सबै उत्सुक छन् ।

उनले कोरोना संक्रमणको डरले बंगलालाई प्लाष्टिकले ढाकेका हुन् कि भन्ने पनि धेरैले आशंका गरेका छन् । के उनले काेराेनाकाे डरले नै बंगलालाई प्लाष्टिकले ढाकेका हुन् त ?  पक्कै पनि होइन ।

आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका शाहरुखले वर्षाको डरले आफ्नो घरलाई प्लाष्टिकले ढाकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले आफ्नो पाँच तले अफिसलाई पनि कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *