सरकारले गर्यो २६ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको हो । जस मध्ये १० जनाको पदस्थापन गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश पोखराका सहसचिव किरण राज शर्मालाई संचार तथा सूचना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेश हटौैंडाका सहसचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालयका सहसचिव केदार नाथ शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरेको छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौँडाका सहसचिव मुकुन्द प्रसाद पौड्याललाई राष्ट्रिय सूचना आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डण्डु राज घिमिरे आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडामा, गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय , बाग्मती प्रदेश हेटौँडा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव लोकनाथ पौड्याल सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, राष्ट्रिय सूचना आयोग, काठमाडौँका सहसचिव बिनु बज्राचार्य कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश बस्नेतलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो ।

स्रोतका अनुसार रामबन्धु सुवेदी भरतपुर महानगरपालिका, चितवन, नवराज घिमिरे हेटौँडा उपमहानगरपालिका, मकवानपुर, रमेश ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आनन्द काफ्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् । विपिन आर्चाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इन्द्रदेव यादव गृह मन्त्रालय, हेमराज तामाङ गृह मन्त्रालय, अनिता निरौला कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्किम श्रेष्ठ सत्य निरूपण तथा मेलमिलाप आयोग र रामकुमार महतो गृह मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी भरतपुर महानगरपालिकाका सहसचिव प्रेमराज जोशी रक्षा मन्त्रालय, हेटौडा उपमहानगरपालिकाका सहसविचव राजेश पौडेल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका, बाराका सहसचिव प्रदीप राज अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ध्रुव कुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका सरुवा गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *