नायिका सुष्मा कार्कीले नाइटाे ‘पियर्सिङ’ गर्दा गालीको वर्षा (भिडियो सहित)

काठमाडौं । लकडाउनले फुर्सदिलो बनेका कलाकारहरु अनेक हर्कतमा रमाई रहेका छन् । कोही टिकटकमा नाचिरहेका छन्, कोही डाइलग सुनाइरहेका छन् त, कोही फेसवुक इन्स्टाग्राममा फोटाहरु पोस्ट्याउँदै दिन कटाइरहेका छन् । केही कलाकार भने चर्चामा आउनकै लागि आफुलाई विभिन्न विषय र विवादमा जोडिरहेका छन् ।

नेपाली सिने क्षेत्रका कलाकार केही न केही गसिपमा अल्झिरहेको बेला चर्चामा आउन ‘लुट’की आइटम गर्ल सुष्मा कार्कीले भने फरक गरेकी छन् । उनले लकडाउनमा नाइटाे पियर्सिङ गरेकी छन् । अर्थात बेलाबेला अनेकन हर्कत गरेर चर्चामा आउने नायिका सुष्माले आफ्नो नाइटो खोपाएर चर्चामा आएकी छन् ।

 उनले नाइटोमा रिङ लगाइन् ठूलो कुरो त हैन तर, नाइटो छेड्ने बेलामा भिडियो खिचेर फेसवुकमै हालेपछि भने चर्चाको शिखरमा पुगेकी हुन् । तर, भिडियोले सुष्माको सकारात्मक भन्दा नकारात्मक चर्चा बढि भएको छ ।

सुष्माले नाइटो छेडेको भिडियो रोविन तामाङको फेसवुक पेजमा पोस्ट गरीएको छ । हिजो पोस्ट गरीएको भिडियोमा सुष्माको प्रशंशा गर्नेहरु भन्दा गाली गर्नेहरुको जमात बढि छ । कतिले पढ्नै नसक्ने कमेन्ट गरेका छन् । सुष्माले डराईडराई पिर्यसिङ गराएकी छिन् । सुष्माका साथीले खिचेको भिडियोमा उनी शुरुमा डराएकी छिन् ।

निश्चल बस्नेतको लुटमा ‘उध्रेको चोली’ मा आइटम डान्स गरेर नेपाली सिने नगरीमा चर्चामा आएकी सुष्माले त्यसपछि खेलेका फिल्महरु नचलेपनि उनी भने चर्चामा आइरहिन् । उनको डेब्यू फिल्म मेरो एउटा साथी छ भने सफल फिल्म हो ।

उनले अहिलेसम्म आधा दर्जन बढि फिल्ममा अभिनय गरेपछि लुटमा गरेको आइटम डान्सले जस्तो चर्चा दिलाएको छैन । विन्दास, विन्दास २, ब्याच नं. १६, नोटवुक, सकस जस्ता फिल्ममा बोल्ड अवतारमा देखिएकी छन् ।

सुष्माले यसअघि नै वक्षस्थलमा ट्याटु खोपाएर चर्चामा आएकी थिइन् । उनले वक्षस्थलमा सुर्यको ट्याटु खोपेकी छन् ।


हेर्नुहोस भिडियो

https://www.facebook.com/therobeenshow/videos/2169181903228397/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *