महानायक राजेश हमालका भाई राकेशको निधन

काठमाडौं । महानायक राजेश हमालका भाइको निधन भएको छ ।

हमालका भाइ राकेशको भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

केही समय अगाडि ह्याम्स अस्पतालमा नै राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।

महानायक हमालका भाई राष्ट्रिय अपांग कोषका पुर्व सभापति समेत भएका थिए । उनले अपांगता भएका व्यक्तिहरुलाई वर्षेनी आफनो संस्था मार्फत निःशुल्क चार पाँच सय ह्वीलचेयर बितरण आएका थिए । उनी राजनीति र समाजसेवामा सक्रिय थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *