अयोध्यामा राम मन्दिर बन्दै, मोदीले भूमि पूजा गर्ने

एजेन्सी । अयोध्यामा राम मन्दिर निमार्णका लागि आउँदो अगस्ट ५ मा भूमि पूजा हुने भएको छ ।

राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा आउँदो अगस्ट ५ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा हुने घोषणा गरेको हो ।

कोषका स्वामी गोविन्द देव गिरीले भूमि पूजाका लागि प्रधानमन्त्री मोदीलाई बोलाइएको जानकारी दिएको इन्डियन एक्सप्रेसले जनाएको छ । उनका अनुसार मोदीले उनको आग्रह स्वीकार पनि गरिसकेका छन् ।

भूमि पूजामा २०० जनाको सहभागिता हुने कोषले जनाएको छ । सामाजिक दूरीसहितका सबै नियम पालन गरिने पनि कोषले उल्लेख गरेको छ ।

भूमि पूजाका लागि अगस्ट ५ को दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *