टिच फर नेपाललाई सानिमा बैंकको १० लाख सहयोग

काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले विगतमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै यस वर्ष पनि टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको हो ।

आज एक कार्यक्रमका बीच बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

टिच फर नेपालले विगत ७ वर्षदेखि नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । टिच फर नेपालको तर्फबाट हाल १३८ जना शिक्षकहरु विभिन्न ७ जिल्लाका ६४ सामुदायिक विद्यालयहरुमा कार्यरत छन् । दश हजार भन्दा बढी विद्यार्थीहरु सो संस्थाबाट प्रत्यक्ष रुपमा लाभान्वित छन् ।

सानिमा बैंकले विगत ८ वर्षदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सानिमा बैंकले देशका सातवटै प्रदेशमा ७९ वटा शाखा, ९ एक्सटेन्सन काउन्टर र ८१ वटा ए.टि.एम. मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *