जूम अब भायानेट मार्फत : जूमको सदस्यता लिँदा विशेष छुट

काठमाडौँ । भायानेटका ग्राहकहरूले भायानेट मार्फत जूमको सदस्यता लिँदा विशेष छुट प्राप्त गर्ने भएका छन् । भायानेटले नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज् सोलुशनसँग साझेदारी गर्दै जूमको पेड सदस्यता अफर गर्ने भएको हो ।

नेपालभरि फैलिरहेको कोभिड–१९ का कारण सबै सङ्गठन र संस्थानहरू अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ/मिटिङ एप मार्फत आफ्नो दैनिक कार्य सञ्चालन गरिरहेका छन् ।

जूमकोे भिडियो कन्फ्रेन्सिङ एप्ले यो लकडाउन र सामाजिक दुरीको समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर, भायानेटका ग्राहकहरूले भायानेट मार्फत जूमको सदस्यता लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

जूम शैक्षिक संस्थानहरूका लागि अनलाइन कक्षाहरू सञ्चालन गर्न, कर्पोरेटको लागि मिटिङ, कन्फ्रेन्स र रिमोट तालिम गर्न र प्रशिक्षक, प्रेरक वक्ताका लागि वेबिनारहरु गर्न प्रभावकारी छ । यस एप्को पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरू सजिलै सञ्चालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्दछ ।

अनपेड सदस्यताको दाँजोमा पेड सदस्यताको फाइदा छन् । २४सै घण्टे ग्रुप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले १००० सदस्यभन्दा बढी सदस्यमा अपग्रेड गर्न सक्ने वा १०,००० जना उपस्थित भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ड ट्रान्सक्रीप्शनद्वारा मिटिङको बुँदाहरू स्वतः उत्पादन हुने सुविधा पनि यसमा उपलब्ध छ ।

यसको साथै भायानेट कम्युनिकेसन प्रा.लि.ले, नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकले आफ्नो सेवालाई अझ राम्रो बनाउन र ग्राहकको आवश्यकतालाई पूरा गर्नको लागि अर्को एउटा कदम चालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *