आज साउन ९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. साउन ०९, २०७७ । ई.सं. 24 July, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० गुँलाथ्व । प्रमादी दक्षिणायन वर्षा । शुक्रवार श्रावण शुक्लपक्ष । तिथि चतुर्थी, १६:२६ बजे उप्रान्त पञ्चमी । नक्षत्र पूर्वफाल्गुनी, १८:४१ बजे उप्रान्त उत्तरफाल्गुनी । योग वरियान्, १२:१० बजे उप्रान्त परिघ करण । वणिज ०५:३० बजेदेखि भद्रा, १६:२६ बजे उप्रान्त तैतिल । चन्द्रराशि सिंह । आनन्दादि योग सिद्धि । दिनमान ३३।५१ । सूर्योदय ०५:२३ । सूर्यास्त १८:५६ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागीता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज ठीक समयमा सही निर्णय लिन सकिएला । पारिवारिक मायाँ र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ती कमजोर रहनाले समस्या आउन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ । छोटो र लाभदायक यात्रा तय गर्न सकिनेछ । आर्थिक पक्ष राम्रै भएपनि खानपानमा ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक प्रतिष्ठा कमाउने बेलाछ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोलीले रुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मानपरेका परिकार खान पाईएला । बोलीको प्रभावपनि बढ्नेछ ।

  • ज्यो प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *