राष्ट्रिय परीक्षा बोर्डले जारी गर्‍यो कक्षा ११ को परीक्षासम्बन्धी कार्यविधि [पूर्णपाठसहित]

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण रोकिएको कक्षा ११ को परीक्षा सञ्चालन गर्न कार्यविधि जारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षासम्बन्धी कार्यविधि जारी गरेको हो ।

परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सहज होस् भनी बोर्डले कार्यविधि तयार पारेको बोर्डले जनाएको छ । यही ६ साउनमा बसेको बैठकको निर्णयअनुसार कार्यविधि जारी गरिएको बोर्डले एक सूचनामार्फत जानकारी गराएको हो ।

कार्यविधिअनुसार कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन पाउने छैनन् । यो वर्षदेखि कक्षा ११ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनको अधिकार सम्बन्धित विद्यालयलाई नै दिइएको छ ।

हेर्नुहोस् कार्यविधिको पूर्णपाठ  :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977017521″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *