सैनिकको कुटाईबाट युवकको मृत्यु, छानविन शुरु : नेपाली सेना
मकालु खबर
२०७७ साउन ९ गते
काठमाडौं । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटाईबाट एक जनाको मृत्यु भएको घटनाका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै घटनाबारे छानबिन शुरु भएको बताएको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै घटनाबारे आन्तरिक छानबिन शुरु गरिसकेको जानकारी दिएको हो । सेनाले अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जानकारी पनि गराएको छ ।
निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको विषयमा छानबिन शुरु भएको हो ।
मकालु खबर
२०७७ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित