‘प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनैपर्छ’
काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई बिहीबार (हिजो) अदालतको आदेशमा डिल्लीबजार कारागारले रिहा गरेसँगै जनमानस तातिएको छ ।
श्रीमती गीता ढकालको हत्या कसूरमा जिल्ला र उच्च (तत्कालीन पनरावेदन) अदालतले कोइरालाविरुद्ध सर्वस्वसहित जन्मकैद (२० वर्ष) कारागार सजाय तोकेका थिए ।
तर गत १५ असारमा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ वर्ष जेल सजाय छुट दिएपछि कोइराला हिजो थुनामुक्त भएका हुन् ।
अदालतको उक्त निर्णयविरुद्ध पुनरवलोकन माग गर्दै सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गराइसकेको छ भने राजनीतिक दल, सरोकारवाला, नागरिक समाज तथा सर्वसाधारणसम्म विरोधमा उत्रिएका छन् ।
अदालतको उक्त फैसलाविरुद्ध आक्रोशित भएका उनीहरुले सामाजिक सञ्जालमा यत्रतत्र आक्रोश पोखेका छन् । कतिपयले त झन प्रधानन्यायाधीशकै नियतप्रति प्रश्न उठाएका छन् त कतिले महाभियोग लगाउनुपर्ने बताएका छन् ।
जनता समाजवादी पार्टी तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व डीआइजी कोइरालालाई सजाय छुट दिने न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने माग माग गरेका छन् ।
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!
— Baburam Bhattarai (@brb1954) July 24, 2020
“अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ ।” उनले ट्वीट् गर्दै भनेका छन् । यस्तैगरी साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि ट्वीट्मार्फत् नै न्यायलयमाथि हस्पक्षेप गर्ने राजनीतिले कहिल्यै देश जनता र लोकतन्त्रको भलो नहुने बताएका छन् ।
उनले लेखका छन्, “न्यायलयमाथि हस्तक्षेप गर्ने राजनीतिले कहिल्यै देश, जनता र लोकतन्त्रको भलो गर्दैन। न्याय मर्नु भनेको मानवता मर्नु हो ।”
कहिलेकाहिँ लाग्छ, न्यायमाथि राजनीति हावि हुँदा यो देशमा कति निर्दोषहरू वर्षौँदेखि जेलमा कोचिएका होलान् र कति दोषीहरू गाउँ-शहरमा उन्मुक्त हाँसो हाँसिरहेका होलान्। न्यायलयमाथि हष्तक्षेप गर्ने राजनीतिले कहिल्यै देश, जनता र लोकतन्त्रको भलो गर्दैन। न्याय मर्नु भनेको मानवता मर्नु हो।
— Rabindra Mishra (@RabindraMishra) July 23, 2020
यसैगरी सत्तारुढ नेकपाकै नेतृ रामकुमारी झाँक्रीले पनि उक्त घटनाले न्यायालयले विवेक प्रयोग गर्छ भन्ने मान्यता नराम्रोसँग खण्डित भएको उल्लेख गरेकी छिन् । ।“अदालतप्रति जनताको विश्वास मर्न नदिन यो मुद्दाको न्यायिक पुनरावलोकन होस् ।” उनले लेखेकी छिन्,
श्रीमतिको विभत्स हत्या गरी लास नै नष्ट गरेका APF का Ex. DIG रन्जन कोइरालालाई सर्वस्व सहित जन्मकैदको फैसला भएको थियो । हालै सम्मानित सर्बोच्च अदालतले कोइरालालाई ८ वर्षमै जेलमुक्त गर्ने फैसला दियो। आज उनि छुटे।
बच्चाहरूको अभिभावकत्वको लागि भनेर उनको सजाय घटाईएको थियो। pic.twitter.com/9L3Ee08PrG— Ram kumari Jhakri (@Jhakri_didi) July 23, 2020
यस्तै ट्वीटरमै जुगल भुर्तेल नाम गरेका प्रयोगकर्ताले सजाय छुट दिने फैसलाको प्रतिलिपि सार्वजनिक गर्दै प्रश्न गरेका छन्, ‘यो फैसलाले संसदमा व्यापक बहसको माग गर्छ । जघन्य अपराधमा कानूनअनुसार सजाय गर्ने हो कि न्यायाधीशको ‘चित्तमा लागे’ अनुसार ?’
यो फैसलाले संसदमा व्यापक बहसको माग गर्छ।जघन्य अपराधमा कानून अनुसार सजाय गर्ने हो कि न्यायाधीशको ‘चित्तमा लागे’ अनुसार? पीडितको जलेर क्षतविक्षत भएको अनुहार सम्झेर विचलित नभएको न्यायधीशको चित्त हत्याराको नक्कली आँसूको भेलमा बग्ने?मान गर्न त मन लाग्छ नि ‘श्रीमान्’ तर गर्नु पो कसरी😳 pic.twitter.com/dS1VhUy4i7
— Jugal Bhurtel (@JugalBhurtel) July 23, 2020
यस्तै पत्रकार बसन्त बस्नेतले पनि अड्डा अदालतमा ‘श्रीमान’हरूले आतंक मच्चाएको भनेका छन् ।
यस्तै आज अदालतको फैसलाविरुद्ध माइतीघर मण्डलासहितका अन्य केही स्थानमा विरोध प्रदर्शन हुने बताइएको छ ।