अक्षय कुमारले २ हप्ताको सुटिङको लागि लिए २७ करोड पारिश्रमिक

काठमाडौं । बलिउडका सर्वाधिक कमाइ गर्ने नायक हुन् अक्षय कुमार । अफर आएका चलचित्र नछोड्ने यी नायक अब अगष्ट महिनाबाट नयाँ चलचित्र ‘बेलबटम’ र ‘अतरंगी रे’ को छायांकन व्यस्त हुने भएका छन् ।

चलचित्र ‘बेलबटम’ को सुटिङका लागि अक्षय लण्डन जाने तयारीमा रहेका छन् । त्यसपछि सो चलचित्रको छायांकन सकेर भारत फर्किएकाउनले चलचित्र ‘अतरंगी’ को छायांकनका लागि समय दिने भएका छन् ।

भारतीय मिडियाका अनुसार, २ हप्ताको सुटिङका लागि अक्षयले यो चलचित्रबाट २७ करोड पारिश्रमिक लिएका छन् । धनुषा र नायिका सारा अलि खानको मुख्य भूमिका रहने चलचित्रमा अक्षयको विशेष भूमिका रहेको छ । यो चलचित्रका लागि अक्षयले २ हप्ताको समय दिएका छन् ।

आनन्द एलरायको निर्देशनमा बन्ने चलचित्रका लागि अक्षयले महंगो पारिश्रमिक लिएपछि यसले चर्चा बटुलेको छ । आनन्दले पहिले ऋतिक रोशनलाई चलचित्रका लागि अफर गरेका थिए । तर, ऋतिकले चलचित्रमा काम गर्न नमानेपछि अक्षयलाई अफर गरेको हो । अतिथि भूमिकामा देखिनका लागि एक चर्चित नायकको खोजीमा रहेका आनन्दले अक्षयलाई महंगो पारिश्रमिक दिएर काम गराउन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *