करुणाले भरिएको मौलिक तीज गीत ‘आमाले नदुखाउनु मन’ (भिडियोसहित)

काठमाडौं । नेपाली हिन्दु नारीहरूकाे विशेष पर्व हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरुले तीज गीतहरु धमाधम बजारमा ल्याईरहेका छन् । यस्तैमा चर्चित गायिका अन्जु पन्तको सुमधुर आवाजमा सजिएको कारुणिक तीज गीत ‘आमाले नदुखाउनु मन’ बजारमा आएको छ ।

चर्चित गायक, स्रस्टा सर्जक श्रीकृष्ण बम मल्लको लय, शब्द तथा निर्देशन रहेको गीतमा चेलीको दुःख, पिडा र बेदनालाई चित्रण गरिएकाे छ । बाग्लुङको गल्कोटमा छायांकन गरिएको सो गीतकाे भिडियाेमा दिदीबहिनीहरुको सिन्दुर पुछिएको, घरमा सासु-ससुराले अपहेलना गर्दाको पिडा, तीजमा चेली माईत जान नपाउँदाको पिडालाई देखाइएकाे छ ।

भिडियाेमा करिश्मा ढकालसँगै मनोज कार्की, स्नेह राना, दिलिप राना, याम सिरिस, कौसिला घर्ति मगर, सोनिया मल्ल, सनम मल्ल , गङ्गा मल्ल , सोनी मल्ल, समिर मल्ल, चन्द्रा परियार, अल्लु अर्जुनको समेत अभिनय देख्न सकिन्छ । सो गीतमा विकाश ज्ञावलीको सम्पादन र बिनोद खड्काको छायांकन रहेको छ ।

भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *