कोभिड १९ तथा मानसिक स्वास्थ्य सचेतना सम्बन्धी छलफल

सुनसरी । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा तथा धरान मेडिकल विद्यार्थी समुहको संयुक्त सहकार्यमा कोभिड १९ महामारीको गाम्भीर्यताबारे सचेतना फैलाउने उद्देश्यसहित कोभिड १९ तथा मानसिक स्वास्थ्य सचेतना सम्बन्धी छलफल चलाइने भएकाे छ ।

धरान उपमहानगरपालिकाको कार्यपालिका हलमा आयोजित छलफलमा धरान मेडिकल विद्यार्थीहरुको टीमले धरान उपमहानगरपालिकासँगै छलफल गरी याे समय मानसिक क्षतिबाट पर्ने असर र सुरक्षाका विषय सर्वसाधारण समक्ष कसरी पुर्याउन सकिन्छ भन्ने बारेमा छलफल चलाउने जानकारी गराएकाे हाे । छलफलमा ८० जना विद्यार्थीको समुहलाई १० वटा समूहमा विभाजन गरी २० वटा वडामा पठाइने जानकारी दिइएकाे छ ।

वडाका टी ए ओ सँग भेटघाट तथा समन्वय गरि तालिम गरिनुका साथै टोल-टोलमा गएर २० देखि ३० दिनसम्म क्याम्पीङ गरिने धरान मेडिकल विद्यार्थी समुहका शशांक ताम्राकारले जानकारी दिए । बजार क्षेत्रमा भएका वडाहरुमा २० दिन र अन्य वडाहरुमा १० दिन गरी कार्यक्रम सञ्चालन गरिने पनि मेडिकल समुहकै अर्का सदस्य बिनम्र घिमिरेले बताए ।

छलफलमा कारोना भाईरस के हो, कोभिड सर्ने तरिका,मानिसबाट मानिसमा कसरी सर्छ, संक्रमणको लक्षण, भाइरसकाे संक्रमण कसरी रोक्ने लगायतका विषयवस्तुका साथै मानसिक स्वास्थ्यको लक्षण तथा सामाधानको उपायको बारेमा समेत सचेतना जगाउने कार्य गरिने धरान मेडिकल विद्यार्थी समुहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *