प्रचण्डलाई शंकर पोखरेलको प्रश्न- ‘नक्शा जारी गरेको मैले हो भन्न कसरी सकेको ?’

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला सामाजिक संजालमा समेत तिखो आरोप प्रत्यारोप चलिरहेको छ ।

नयाँ नक्सा प्रकाशनको जस लिने विषयमा होडबाजी चलेपछि नेताहरुबीच आरोप प्रत्यारोप चलेको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार दिएको अभिव्यक्तिको स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन् ।

उनले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले आफूले नक्सा प्रकाशन गरेको हो भन्न नमिल्ने भन्दै तिखो आलोचना गरे । पोखरेलले सामाजिक संजालमा लेखेका छन् ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो । आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’

https://www.facebook.com/shankar.pokhrel.946/posts/1611643955658148

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *