एक बिरामीमा कोरोना पुष्टि भएपछि अस्पतालका १४ कर्मचारी क्वारेन्टाइनमा

काठमाडौं । अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार (आज)देखि शुरु भएको छ ।

विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

आकस्मिक कक्षमा उपचार भइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *