आफैँलाई गोली हानी आत्महत्या

काठमाडौं । आफ्नै निधारमा बन्दुक चलाउँदा उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् ।

मदिरा सेवन गरेर घर पुगेका लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका हुन् ।

शुक्रबार राती साढे आठ बजे घरमा पहिला नै भरेर राखेको बन्दुक राईले चलाउँदा घटना घटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । आफ्नै निधारमा गोली प्रहार किन गरे र घटना कसरी घट्यो भन्ने अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *