भदौमा हुने परीक्षा कार्यातालिका सच्याउन नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ(नेविसंघ)ले भदौमा त्रिवि लगायतका विश्वविद्यालये गर्न लागेको परीक्षा कार्यपालिका सच्याउन माग गरेको छ । नेविसंघले शनिवार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीका समस्यालाई मध्यनजर गर्दै भदौमा हुने भनिएका परीक्षा कार्यतालिका सच्याउन माग गरेको छ ।

एकातर्फ कोरोना सङ्क्रमणको त्रास कायमै रहेको र अर्को तर्फ बाढी पहिरो र डुवान जस्ता प्राकृतिक विपद्ले गर्दा जनजीवन असहज बनिरहेको अवस्थामा भाद्र १ गते देखि मात्रै लामो दुरीका सवारी साधन चल्ने भएकाले विद्यार्थीहरू तत्काल परीक्षामा सामेल हुन सक्ने अवस्था नरहेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै परीक्षाका लागि पनि समय अपर्याप्त रहेको छ । ‘शैक्षिक संस्थादेखि धेरै लामो दुरीमा आ आफ्ना घरमा रहेका विद्यार्थीहरू यस्ता समस्याका कारण तत्काल परीक्षा दिन उपस्थित हुन समस्या रहेकाले व्यवहारिक समस्यालाई ध्यान दिँदै परीक्षाको कार्यतालिकामा फेरबदल गर्न माग गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *