दुर्गेशलाई आस्था राउतको झटारोः के दर्शकलाई चटक नै मन पर्दैछ ?

काठमाडौँ । पछिल्लो समय ट्रोलको शिकार बन्ने कलाकारको जमात बढेको छ । सोच विचार नगरी बोल्ने बानीले उनीहरु विवादित बनिरहेका छन् । विना तयारी अन्तर्वार्ता दिँदा जिब्राे चिप्लियाे भन्दै माफी मागिरहेका  छन् ।

त्यस्तै केही दिन अगाडी एक ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा नारायण गोपालको गीत भनेर भक्तराजको गीत गाएपछि गायक तथा मोडल दुर्गेश थापा विवादमा तानिएका छन् । गीत संगीत क्षेत्रकाे भएर त्यही क्षेत्रका अग्रजलाई नचिनेकाे भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ ।

यसै सन्दर्भलाई लिएर गायिका आस्था राउतले सामाजिक सञ्जाल फेसबुकमा दुर्गेशलाई व्यंग्य मारेकी छिन् । उनले लेखेकी छिन्, ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ । युट्युबबाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट छाउला ? हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ ? के दर्शकलाई यस्तै चटक नै मन पर्दैछ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *