१२ केजी अवैध गाँजासहित एक जना प्रकाउ, ४५ केजी गाँजा लुकाउने बेपत्ता

काठमाडौं । चितवनमा अवैध लागूऔषध गाँजासहित दुइ जना पक्राउ परेका छन् ।

चितवनको खैरहनी नगरपालिका–८ मिलिजुली टोल डेरा गरी बस्ने राप्ती नगरपालिका-१३ का २६ वर्षीय विनय प्रजा १२ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजासहित शनिबार पक्राउ परेका हुन् । गाँजा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको डेरा तलासी गर्दा उक्त गाँजा फेला पारेकाे हाे ।

त्यस्तै पर्सा, बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने धनिलाल कलवारको घरबाट ४५ केजी अवैध लागूऔषध गाँजा शनिबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी ना३२प २६४७ नम्बरको मोटरसाइकल सहित बरामद गरेको हो ।

हाल सम्पर्कविहिन भएका धनिलालको प्रहरीले खोजी गरिरहेको छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *