गायक पोखरल र कामना बैंकबीच सम्झौता : सुगमका आवाज कामनाको आवाज

काठमाडौं । कामना सेवा विकास बैंक र नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिएकोमा गायक पोखरेलप्रति हार्दिक आभार प्रकट गरेका थिए ।

गायक पोखरेलले आफूलाई यो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिएका छन् । गायक पोखरेलले बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तो सुकै सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *