महालक्ष्मी विकास बैंकमा ९.९९% व्याजदरमा आवास र उद्यमशील कर्जा
काठमाडौं । महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ ।
बैंकले आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्ने छ । साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना वीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
उद्यमशील कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकका करिब पाँच लाख ग्राहक छन् ।