उत्तर कोरियामा भेटिए पहिलो कोरोना संक्रमित, संकटकाल घोषणा
मकालु खबर
२०७७ साउन ११ गते
सोल । उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउन सहितको संकटकाल घोषणा गरिएको हाे ।
सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् । सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गरेकाे राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश समेत दिएका छन् । आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो । (रासस–एएफपी)
मकालु खबर
२०७७ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित