नेकपा माओवादीले भन्यो- ‘कठपुतली सरकारको औचित्य छैन, अन्तिम युद्ध बाँकी नै छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीले सरकारका पछिल्ला गतिविधिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा माओवादीले भ्रस्टाचारीलाई संरक्षण गर्ने सरकारका गतिविधिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको हो ।

ठूला भ्रस्टाचार र विभिन्न घटनाका दोषीलाई सरकारले उन्मुक्ति दिइरहेको भन्दै नेकपाले त्यसको विरुद्धमा अर्काे अन्तिम युद्ध बाँकी नै रहेको उल्लेख गरेको छ । ‘अन्तिम युद्ध बाँकी नै छ, सबै नेपालीलाई आह्वान गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ– ‘यस्तो कठपुतली सरकारको औचित्य छैन, हाम्रो पार्टी क्रान्तिको मैदानमा संघर्ष गरिरहेको छ ।’

हेर्नुस् विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *