भारतमा एकैदिन ४९ हजार ९३१ जनामा कोरोना संक्रमण, ७०८ को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ५० हजार जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार एकैदिन ४९ हजार ९३१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । संक्रमितमध्ये ९ लाख १७ हजार ५६८ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् । गएको २४ घण्टामा मात्रै त्यहाँ ७०८ जनाको मृत्यु भएको छ ।

योसँगै मृतक संख्या ३२ हजार ७७१ पुगेको छ । ४ लाख ८५ हजार ११४ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *