आइसीसी विश्वकप क्रिकेट सुपर लिग ३० जुलाइबाट
मकालु खबर
२०७७ साउन १२ गते
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आधिकारिक रुपमा आइसिसी पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ ।
लिग साउथ ह्याम्पटनमा जुलाई ३० देखि शुरु हुने भएको छ । सुपर लिगको सुरुवात विश्वविजेता इंग्ल्याण्ड र आइरल्याण्डबीचको एक दिवसीय शृङ्खलाबाट शुरु हुनेछ ।
सुपर लिगले सन् २०२३ मा भारतमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकपका लागि छनौट हुने टिमको टुंगो लगाउने छ । सुपर लिगमा १३ टिमको सहभागिता रहनेछ ।
त्यसमध्ये १२ टिम आइसिसीका पूर्ण सदस्य हुन् भने आइसिसी विश्व क्रिकेट सुपर लिग २०१५–१७ जितेर स्थान बनाएको नेदरल्याण्डस् अर्को टिम हो ।
सुपर लिगमा हरेक टिमले घरेलु मैदानमा चार र अवे मैदानमा चार खेल खेल्नेछन् ।
मकालु खबर
२०७७ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित