अजोड इन्स्योरेन्सको शेयर सूचीकरण

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर सूचीकरण गर्ने सम्झौता भएको छ । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १ सय कायम भएको १ करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणका लागि बितरण गरिएको ३० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता शेयर गरि जम्मा १ करोड कित्ता शेयर वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको हो ।

शेयर सूचीकरण सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । हस्ताक्षरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मूख्य प्रवन्धक÷कम्पनी सचिव बैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *