कांग्रेस प्रवक्ता शर्माले भेटे ‘इनफ इज इनफ’ समूहलाई
काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘इनफ इज इनफ’समूहका युवाहरुलाई भेटेका छन् ।
कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवनरक्षा गर्न माग गर्दै युवाहरुले शुरु गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।
प्रवक्ता शर्माले काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरुलाई भेटगरी कोभिड नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यद्धता रहेको बताएका छन् ।
युवाहरुले कोभिड नियन्त्रणका लागि राखेको जायज मागप्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि एकवद्धता जनाएको उनले बताएका थिए ।
यस्तै उनले कोभिड संक्रमण शुरु भएदेखि नै नेपाली कांग्रेसले आरडीटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण शुरु गर्न सुझाव दिएको तर सरकारले बेवास्ता गरेको बताएका थिए ।
युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पुरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने उनले बताए ।