कुरियरमार्फत् होम डेलिभरी गर्ने नाममा ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । कुरियरमार्फत होम डेलिभरी गर्ने भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-५ ईमाडोल बस्ने धनुषा सवैला गाँउपालिका-३ सवेला घर भएका २४ वर्षीय धिरज साह रहेका छन् । सामान नपुर्याई ठगी गरेकाे आरोपमा पक्राउ परेका उनी सविज कुरियर सर्भिस अनलाईन सेवाका संचालक हुन् ।

भारतीय अनलाइनबाट किनेको औषधी, मोबाईल, घडी, लेडिज कपडाहरु नेपालमा होम डेलीभरी गराई दिने भनी विश्वासमा पारी २ लाख ७९ हजार ९ सय १० रुपैयाँ ठगी गरको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बेबी कार सिट मगाउने पीडितले ई-सेवाबाट पठाएको ९ हजार रुपैयाँ, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरु नेपाल ल्याउनको लागि होम डेलीभरी गराईदिने भनी ७७ हजार ७ सय रुपैयाँ, सिको घडी मगाउनको लागि नगद ४९ हजार ५ सय ५० रुपैयाँ, एडिडास कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलीभरीको लागि १४ हजार ८ सय ७५ रुपैयाँ र औषधी तथा मोबाइल होम डेलीभरीको लागि ७३ हजार ७ सय ८५ रुपैयाँ लिई कसैलाई पनि सामान डेलीभरी नगरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

उनलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *