राष्ट्र बैंकद्वारा कोरोना प्रभावित व्यवसायको वर्गीकरण : ऋणीलाई ब्याज तिर्न समय निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड १९) प्रभावित व्यवसायलाई वर्गाीकरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ माहामारीबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रभाव र त्यसबाट वित्तिय क्षेत्रमा पर्नसक्ने असर तथा व्यवसाय पुनरुत्थानमा लाग्ने समयको अध्ययनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक मौद्रिक नीति थप व्यवस्था गर्दै ऋणीले साँवाको किस्ता र ब्याज तिर्न सोमबार समय निर्धारण गरेको हो । राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म भुक्तानी हुन बाँकी साँवाको किस्ता र ब्याज तिर्ने समय निर्धारण गरेको जानकारी दिएको छ । बैंकले न्यून प्रभावित, मध्यम प्रभावित र अति प्रभावित क्षेत्र गरी तीन वर्गमा वर्णिकरण गरेको छ ।

न्यून प्रभावित क्षेत्रका ऋणीलाई ६ महिना, मध्यम प्रभावितकालाई ९ महिना र अति प्रभावितकालाई १ वर्ष समय थप गरिएको बताएको छ । बैंकले भुक्तानी गर्ने ऋणीबाट कुनै पनि किसिमको पेनाल ब्याज, शुल्क, हर्जाना, ब्याजको ब्याज लिन नपाउने बताएको छ ।

अति प्रभावित क्षेत्रमा पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, चलसिचत्र उत्पादनलगायतका क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायलाई वर्गिकरण गरी यसमा प्रवाहित कर्जाको किस्ता र ब्याजलाई २०७८ असार मसान्तसम्म समय निर्धारण गरेको छ । साथै बैंकहरुले चाहेमा आफ्ना ऋणीको अवस्था हेरेर २ वर्ष समय थप दिने राष्ट्र बैंकले कुनै बाधा नपुर्याउने बताएको छ ।

यस्तै, २०७७ असार मसान्तसम्मको भुक्तानी हुन बाँकी साँवा र ब्याज रकमलाई भुक्तानी अवधि थप भएको समयावधिभित्र समानुपातिकरुपमा कम्तिमा क्रमशः २ किस्ता, ३ किस्ता र ४ किस्तामा असुल गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

यसरी गरिएको छ व्यवसायहरुलाई तीन वर्गमा वर्गीकरण :

अतिप्रभावित उद्योग व्यवसायहरुः
१) पर्यटन
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पाआदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्षण
(ग) साहसिक पर्यटनः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बञ्जीजम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत ।
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार ।
२) हवाई तथा पर्यटकीय यातायात ।
३) मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस ।
४) चलचित्र उत्पादन, वितरण, सिनेमा हल ।
५) रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वा कर्मचारी ( स्वदेशमा वा विदेशमा) ।
६) मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण ।

७) कुखुरापालन व्यवसाय ।
८) पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय ।
९) तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय ।
१०) वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

मध्यम प्रभावित
मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्नु पर्नेछ । मध्यम वर्गमा निम्न उद्योग व्यवसाय पर्दछन्ः

१) खप्ने सामान जस्तै प्लास्टिक, फलाम÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय ।
२) निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर
३) यात्रुवाहक स्थल यातायात ।
४) ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप ।
५) कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय
६) अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर
७) हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८) भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण
९) वन तथा खनिजजन्य उद्योग
१०) निर्माण व्यवसाय
११) औषधि उत्पादन
१२) छपाइ, प्रकाशन तथा संचार गृह
१३) निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१४) पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय

न्यून प्रभावित
कोभिड–१९ बाट न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने छ । न्यून प्रभावित उद्योग व्यवसाय निम्नअनुसार छन्ः

१) उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना
२) अनलाईन (इकमर्स) मा संलग्न व्यवसाय
३) खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय
४) दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण
५) आयात जन्य व्यापार
६) पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय
७) औषधि बिक्री वितरण
८) विज्ञापन सेवा ;
९) इन्टरनेट, दुरसंचार सेवा प्रदायक कम्पनी
१०) मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय
११) ट्रक, ढुवानी व्यवसाय ज्ञद्द. सुन, चाँदीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय ।
(ई) उपबुँदा (अ), (आ) र (इ) मा उल्लेख नभएका क्षेत्रका उद्योग, व्यवसायको हकमा इजाजतपत्रप्राप्त संस्थाले वित्तीय अवस्था तथा नगद प्रवाहको विस्तृत विश्लेषण गरी उद्योग, व्यवसायलाई कोभिड–१९ को कारण परेको असर, पुनः सञ्चालनमा आई पूर्ववत् अवस्थामा फर्कन लाग्ने समय तथा सोको लागि चाल्नु पर्ने कदम समेतको अध्ययन गरी स्पष्ट आधार सहित तीनमध्ये कुनै एक वर्गमा वर्गीकरण गर्न सक्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *