साउथ इन्डियन नायिकाद्वारा आत्महत्या प्रयास, यस्तो छ कारण

एजेन्सी । साउथ इन्डियन नायिका विजयलक्ष्मीले आत्महत्याको प्रयास गरेकी छिन् ।

मानसिक तनावका कारण उनले आत्महत्या प्रयास गरेकी हुन् । उनलाई अहिले चेन्नईको एक नीजि अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

विजयलक्ष्मीले यसअघि आफूलाई सामाजिक सञ्जालमार्फत् अत्यधिक पीडा दिइएको भन्दै भिडियोमार्फत् सार्वजनिक गर्दै आएकी थिइन् । उनले आत्महत्या याेजनाबारे पनि फेसबुकमा भिडियो बनाएर भनेकी थिइन्– ‘यो मेरो अन्तिम भिडियो हो । म विगत चार महिनादेखि सीमान र उनका पार्टीका मानिसहरुका कारण असाध्यै तनावमा छु । मैले परिवारका लागि जिउने हरसम्भव प्रयास गरेँ तर सकिनँ । केही बेरमा मेरो मृत्यु हुनेछ ।’

उनले भिडियोमा मानसिक तनाव दिने एक राजनीतिक पार्टीका सीमान र हरि नादरजस्ता व्यक्तिलाई यत्तिकै नछोड्न  भन्दै  कडाभन्दा कडा सजाय दिन पनि आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *