आज साउन १३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. साउन १३, २०७७ । ई.सं. 28 July, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० गुँलाथ्व । प्रमादी दक्षिणायन वर्षा । मंगलवार श्रावण शुक्लपक्ष । तिथि अष्टमी ०६:४९ बजेदेखि नवमी, २८:२८ बजे उप्रान्त एकादशी । नक्षत्र स्वाती, १२:१५ बजे उप्रान्त विशाखा । योग शुभ, २१:१३ बजे उप्रान्त शुक्ल करण । वव ०६:४९ बजेदेखि वालव, १७:३७ बजे उप्रान्त वणिज । चन्द्रराशि तुला । आनन्दादि योग ध्वज । दिनमान ३३।४० । सूर्योदय ०५:२६ । सूर्यास्त १८:५३ । भौमाष्टमी। अष्टमी व्रत। गोरखकाली पूजा। यलपञ्च दान।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।सिंह (

मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्यपनि अघी बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । सन्तान सुख मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफ्नो अधिकार प्राप्तिकालागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकाएको भय रहनेछ ।

  • – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *