अमेरिकामा कोरोना भ्याक्सिनको अन्तिम चरणको ट्रायल, ३० हजार सहभागी

काठमाडौं । कोरोनाभाइरस भ्याक्सिन बनाउने क्रममा सोमबार विश्वका लागि सबैभन्दा खुसीको खबर आयो । त्यो खबर हो, अमेरिकामा कोरोनाभाइरस भ्याक्सिनको सबैभन्दा ठूलो परीक्षण सुरु भएको छ ।

यो परीक्षणमा ३० हजार मानिस सहभागी भएका छन् । अमेरिकाले बनाईरहेको यो भ्याक्सिनको यो आखिरी चरणको ट्रायल हो । तर, अहिलेसम्म यो भ्याक्सिन कोरोनाका लागि उपयुक्त हुने कुनै निश्चितता छैन । नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मेडर्ना इंकले बनाएको यो भ्याक्सिनले के साँच्चिकै कोरोनालाई ठिक गर्ला ? यसबारे अहिलेसम्म कुनै प्रमाण भने भेटिएको छैन ।

यस भ्याक्सिनको दुई डोज दिएपछि अनुसन्धानकर्ताहरुले अध्ययन गर्ने र सम्भवत यसको अन्तिम परिणाम नोभेम्बरसम्म आउने बताइएको छ । एक स्वयंसेवकलाई २८ दिनको ग्यापमा दुई डोज दिइने यो भ्याक्सिन लगाएपछि उनीहरु आफ्नो नियमित काममा जान सक्ने बताइएको छ ।

यस ट्रायलको प्रमुख उदेश्य दुई डोजपछि यसले कोरोनाबाट बचाउन सक्छ की सक्दैन भन्ने हेर्ने हो । त्यस्तै दोस्रो उदेशय भनेको यसले कोरोना संक्रमितलाई बचाउन सक्छ या सक्दैन र यसबाट मृत्यु हुन्छ या हुदैन भन्ने हेर्ने भएको बताइएको छ ।

अमेरिकी भाइरल रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यस अघिका ट्रायलमा यो भ्याक्सिन सुरक्षित रहेको देखिएको छ भने अब यो ट्रायलबाट यसले कोरोना संक्रमण हुनबाट बचाउछ या बचाउदैन भन्ने हेरिने र यसले कति समयसम्म काम गर्छ भन्ने हेर्ने भएको बताएका छन् ।

नोभेम्बरसम्म यसको परिणाम आएमा आउँदो बर्ष २०२१ को शुरुवातमै यो भ्याक्सिन तयार हुने बताइएको छ । यसअघि चीन र बेलायतको अक्सफोर्ड विश्वविद्यालय बनाएका कोरोनाभाइरस भ्याक्सिन पनि यो महिनाको सुरुवातमै ब्राजिल र अन्य धेरै प्रभावित देशमा परीक्षण सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *