काठमाडौंकी २३ वर्षीया युवतीको टेक्ससमा तालमा डुबेर मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको हो ।

टेक्सस राज्यको उत्तरी भागको डेन्टन काउन्टीस्थित उक्त तालमा आइतबार उनको शव अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुंगामा सयर गरिरहेका बेला खसेको या पौडिन हाम हालेको हो भन्ने खुल्न सकेको छैन । टेक्सस नेपालीको बाक्लो बसोबास भएको अमेरिकी राज्यमध्ये एक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *