सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, के छ कारण?

काठमाडौं । आज पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ७ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।

सोमबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ७ सयले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ७६० सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विश्व महामारी कोरोनासँगै चीन र अमेरिकाबीच बढिरहेको तनावका कारण पनि सुनको मूल्यमा असर परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *