राप्रपा छाडेका पूर्वमन्त्री थापा आज कांग्रेस प्रवेश गर्दै

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनिल थापा आज (मंगलबार) नेपाली कांग्रेस प्रवेश गर्दैछन् । साउन १० गते पार्टीमा राजीनामा बुझाएका थापासहित राप्रपाका करिब तीन दर्जन नेताहरू आज कांग्रेस प्रवेश गर्न लागेका हुन् ।

पार्टी प्रवेश गरेपछि थापालाई सहमहामन्त्री र उनीसँग आउने ५ जनालाई केन्द्रीय सदस्य दिने कांग्रेसकाे तयारी छ । साे माग राखेर नै उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् । थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्।

थापासहित ३१ नेताले शनिबार पार्टीका तीन अध्यक्ष (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी) लाई पत्र लेख्दै संयुक्त रूपमा राप्रपामा राजीनामा बुझाएका थिए । पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपछि पार्टीले सवल नेतृत्व, सैद्धान्तिक र वैचारिक मान्यता गुमाएको उनीहरूकाे आरोप थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *