घट्यो शेयर बजार, यी हुन धेरै कारोबार गर्ने कम्पनी

काठमाडौँ । आज शेयर बजार घटेको छ । हिजो २ अंकले घटेको बजार आज फेरी ७.५९ अंकले घटेको हो । ०.५२ प्रतिशतले घट्दा परिसूचक १४५४.८९ अंकमा झरेको छ ।

आज १ सय ८५ कम्पनीका ३२ लाख ४७ हजार ६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड ९७ लाख ५१ हजार ५ सय ५७ रुपियाँको कारोबार भएको छ ।

आज वित्त र म्युचुअल फण्ड समूह बढेका छन् । भने बाँकी सबै समूह राताम्मे भएका छन् । आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

नेपाल पुनर्बीमाको १० करोड ३५ लाख ७६ हजार १ सय ५९ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ८९ लाख २८ हजार ९ सय ८ रुपियाँ कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *