मेगा बैंकले ८.३२ प्रतिशत ब्याजदरमा नै कर्जा दिन, सस्तो कर्जा लिन के गर्ने?

काठमाडौँ । मेगा बैंकले ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको हो । बैंकको दशौं बार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको छ ।

८.३२ प्रतिशत ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकले जनाएको छ । आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था छ । अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ प्रतिशत ब्जाजदरमा नै कर्जा पाउनेछन् ।

मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ । कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालन गर्नेहरुले यो कर्जा लिन सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *