राप्रपा नेता सुनिलबहादुर थापा कांग्रेसमा प्रवेश

काठमाडौं । पूर्वमन्त्री सुनिलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक स्वर्गिय सुर्यबहादुर थापाका छोरा सुनिलले राप्रपा परित्याग गरी आज कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा नेता सुनिलबहादुर थापालाई कांग्रेस सभापति शेर बहादुर देउवाले पार्टी सदस्यता प्रदान गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार लगायतको समेत सहभागीता रहेको छ ।

उनी सहमहामन्त्री र पाँच केन्द्रीय सदस्य पाउने गरी काँग्रेसमा प्रवेश गरेका हुन् । संयुक्त राष्ट्रसंघमा जागिरे जीवन बिताएर एक दशकअघि राजनीतिमा आएका सुनिलबहादुर थापा २०७० सालमा सम्पन्न संविधानसभा चुनावमा धनकुटाबाट निर्वाचित भएका थिए । उनी तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा आपूर्ति तथा वाणिज्यमन्त्री समेत भएका थिए ।

थापालाई काग्रेस सह–महामन्त्री दिने सहमति भएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । उनीसँगै राप्रपाका डेढ दर्जन नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको बताइएको छ ।

कांग्रेसमा प्रवेश गर्नेहरूमा उनीसहित  रामकृण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्र बहादुर तामाङ लगायत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *